सम्पर्कविहिन थवाङका प्रमुख प्रशासकीय अधिृकत सहित ७ कर्मचारी गुल्मीमा भेटिए, भन्छन् –‘काम रोकिएको छैन्'
बिहीबार, असार २६, २०८२
बुटवल– रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बुधबारदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले सू्चना नै निकालेको थियो । उनीहरु विहिबार विहान गुल्मीबाट सम्पर्कमा आएका छन् । गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको थियो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको थियो ।