रुपन्देहीमा नेपालकै ठुलो विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापना
आइतबार, असार २९, २०८२
बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन्। कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरिएको हो ।