रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने
आइतबार, असार २९, २०८२
बुटवल- रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरेको हो ।