Lumbini Rise
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने 

बुटवल-  रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  ६ जनाको नाम सिफारिस गरिएको छ ।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले उपनिर्वाचनको तयारी गर्ने समेत निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिए वमोजिम सम्भावित उम्मेद्वारहरुको नाम पठाएको हो ।  

राजमाेबाट बद्रे आलम 

यस्तै  राष्ट्रिय जनमोर्चाले बामपंथी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनमा केन्द्रयि सल्लाहकार समेत रहेका आलमलाई उम्मेद्वार बनाउने घोषणा गरेका हुन् ।   

२०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बोहोराले नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले आउदो कार्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ । मिति तय भएसँगै रुपन्देही ३ को उपनिर्वाचनका लागि दलहरुले उम्मेद्वार छनौट शुर गरेका छन् भने कतिपयले उम्मेद्वारी समेत घोषणा गरिसकेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update