लुम्बिनी प्रदेशमा एकै बर्षमा ६० हजार बढि सवारी थपिए, दुई पाङग्रे मात्रै ५० हजार
मंगलबार, असार ३१, २०८२
बुटवल–लुम्बिनी प्रदेशमा दुई पाङग्रे सवारीसाधन प्रयाेगकर्ताहरु बृद्धि हुँदै गएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ६० हजार ६६९ सवारी साधन मध्येमा ५१ हजार दुई पाङग्रे सवारीसाधन छन् । यसले दुई पाङग्रे सवारीसाधनको संख्या प्रयाेगकर्ता निकै बढेकाे देखाएको छ ।