Lumbini Rise
लुम्बिनी प्रदेशमा  एकै बर्षमा ६० हजार बढि सवारी थपिए, दुई पाङग्रे मात्रै ५० हजार

बुटवल–लुम्बिनी प्रदेशमा  दुई पाङग्रे सवारीसाधन प्रयाेगकर्ताहरु बृद्धि हुँदै गएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म ६० हजार ६६९ सवारी साधन मध्येमा ५१ हजार दुई पाङग्रे सवारीसाधन छन् ।  

यसले दुई पाङग्रे सवारीसाधनको संख्या प्रयाेगकर्ता निकै बढेकाे देखाएको छ । दुइ पाङग्रे सवारी सबैभन्दा बढी ५१ हजार ६ थान मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएको प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

गत आवको सोही अवधिमा ४५ हजार ८२८ सवारीसाधन दर्ता भएकोमा ४० हजार १४८ थान मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएका थिए । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्यांकले सवारी दर्तामा दुई पाङग्रेको बाहुल्यता रहेको देखाएको छ ।

आव २०७९/८० देखि चालु वर्षसम्म मोटरसाइकल, स्कुटर, मोपेड नै बढी दर्ता भएको मन्त्रालयको दर्ता रेकर्डले देखाएको छ।आव २०७९/८० मा ८४ हजार दुई सय ८९ सवारीसाधन दर्ता भएकोमा मोटरसाइकल, स्कुटर, मोपेड ७९ हजार २२५ दर्ता भएका थिए ।

आव २०८०/८१ मा ५३ हजार ९५२ दर्ता भएकोमा मोटर साइकल, स्कुटर, मोपेड मात्रै ४७ हजार ३० थिए । कार, जीप, डेलिभरी भ्यानतर्फ आव २०७९/८० मा एक हजार ५३५, २०८०/८१ मा एक हजार ७६२ र आव २०८१/८२ को चैत मसान्तसम्म दुई हजार १६५ दर्ता भएका छन् ।

टेम्पो, अटोरिक्सातर्फ आव २०७९/८० मा ७१३, २०८/८१ मा एक हजार ६१२ र आव २०८१/८२ को चैत मसान्तसम्म दुई हजार २४५ दर्ता भएका छन् । ई–रिक्सातर्फ आव २०७९/८० मा एक हजार २४०, २०८०/८१ मा एक हजार ९८६ र आव २०८१/८२ को चैत मसान्तसम्म तीन हजार ६७४ दर्ता भएका छन् । ट्याक्टरतर्फ आव २०७९/८० मा ५०७, २०८०/८१ मा ६१५ र आव २०८१/८२ को चैत मसान्तसम्म ५७२ दर्ता भएका छन् ।

मिनिबस, मिनीट्रकतर्फ आव २०७९/८० मा २१३, आव २०८०/८१ मा १८१ र आव २०८१/८२ को चैत मसान्तसम्म तीनवटा दर्ता भएका छन् । बस, ट्रक, लरीतर्फ आव २०७९/८० मा ७१८, आव २०८०/८१ मा ८९५ र आव २०८१/८२ को चैत मसान्तसम्म एक हजार ३०० दर्ता भएका छन् । डोजर, लोडर, क्रेनतर्फ आव २०७९/८० मा ५६ र आव २०८०/८१ मा ५६ वटा दर्ता भएको छन् ।

चालु वर्षमा डोजर, लोडर, क्रेन दर्ता भएको रेकर्ड छैन । फायर ब्रिगेडतर्फ आव २०७९/८० मा १८ र आव २०८०/८१ मा दुई वटा दर्ता भएका छन् । अन्यतर्फ आव २०७९/८० मा ७४, आव २०८०/८१ मा ४३ र आव २०८१/८२ को चैत मसान्तसम्म एउटा पनि दर्ता भएको रेकर्डमा छैन ।

यस्तै  आव २०८१/८२ को चैत मसान्तसम्म नयाँ सवारी चालक अनुमतिपत्र ४५ हजार ७०७ वटा जारी भएका छन् । यस अवधिमा २३ हजार वर्ग थपसहित सवारी चालक अनुमतिपत्र जारी गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update