राप्रपाभित्रको धुव्रीकरणलाई लिएर राप्रपा नेता प्रदीय उदयले गरे अपिल
मंगलबार, असार ३१, २०८२
बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीका अध्यक्ष प्रदीप उदयले देवत्वकरण र दानवीकरण गर्न छाडेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् । उदयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई विवादबारे सघन छलफल गर्न अपिल गरेका छन्। उनले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन्। यदि नयाँ पुस्ताले राप्रपा अघि नबढाएको भए राप्रपा इतिहासमा सीमित हुने बताएका छन्। उनले आशा भरोसा देखाएका बेला किचलो गर्न नहुने बताएका छन्।