रूपन्देही ३ उपनिर्वाचन: बालेन समूहका सन्तोष गिरी निर्वाचन क्षेत्र घुम्दै
मंगलबार, असार ३१, २०८२
बुटवल–रूपन्देही ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि दलहरु उम्मेद्वार छनौटका लागि आन्तरीक तयारीमा व्यस्त छन्। तर, स्वतन्त्र उम्मेद्वारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुमिरहेका छन् । गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरुसँग जानकारी लिने काम गरेका छन् ।