बुटवलमा सुन चोरी अभियाेगमा तीन जना पक्राउ
मंगलबार, असार ३१, २०८२
बुटवल – रुपन्देही तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट चोरी गर्ने गिराेहलाइ प्रहरीले पक्राउ गरेको छ।
असार २५ गते राति भण्डारीको घरबाट सुनका गहना चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले असार ३० गते तीन जनालाई पक्राउ गरेको हो।