Lumbini Rise
बुटवलमा सुन चोरी अभियाेगमा तीन जना पक्राउ

 

बुटवल – रुपन्देही तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट चोरी गर्ने गिराेहलाइ प्रहरीले  पक्राउ गरेको छ । 

असार २५ गते राति भण्डारीको घरबाट सुनका गहना चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले असार ३० गते तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका–७ का २३ वर्षीय बिष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र वडा नं. ६ का २२ वर्षीय बिशाल तामाङ रहेका छन्। उनीहरुको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा एक थान मंगलसूत्र बरामद भएको प्रहरीले जनाएको छ। 

हाल उनीहरुमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update