साउन ६ गते ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ माथि विशेष विमर्श गरिने
मंगलबार, असार ३१, २०८२
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। स्कुल अफ मार्क्सिज्मको आयोजनामा आगामी साउन ६ गते बिहीबार बिहान ११: ३० बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम हुनेछ।