Lumbini Rise
साउन ६ गते ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ माथि विशेष विमर्श गरिने 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

स्कुल अफ मार्क्सिज्मको आयोजनामा आगामी साउन ६ गते बिहीबार बिहान ११: ३० बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम  हुनेछ। आयोजकका अनुसार कार्यक्रममा वर्तमान नेपालको राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको अहिलेको दिशा, चुनौती र आगामी कार्यदिशाबारे व्यापक बहस गरिनेछ।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा वक्ताका रूपमा उपस्थित हुनेछन्।

नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ सन्दर्भमा पुनःजागरण गर्ने उद्देश्यले कार्यक्रम राखिएको आयोजकले जनाएका छन । नेपालका कम्यूनिष्ट पार्टीका  तीन शीर्ष नेताहरुको उपस्थितिले विशेष महत्व राख्ने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update