प्युठानमा एकल महिलाहरुका लागि 'रातो अबिर अभियान' सुरु
बुधबार, असार ३२, २०८२
प्युठान - प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर अभियान चलाएका हुन् ।