मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए : मन्त्री अधिकारी
बिहीबार, साउन १, २०८२
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।