Lumbini Rise
मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियो ल्याए :  मन्त्री अधिकारी

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।

‘कुनै त्यहाँ योजना पूरा गर्न खोजेका, आफ्नो अभीष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अभीष्ट पूरा भएन भन्ने हिसाबले गरेका हुन् । मालपोत अधिकृतलाई फिर्ता गराउनका निम्ति यहाँ आएका थिए । मैले हुन्न भने । आफ्नो अभीष्ट पुरा हुन्न भनेपछि यी कुरा बाहिर आए,’ उनले भने ।

उनले थपे, मालपोत अधिकृत पुस महिना अघि नै सारिएको छ । अडिओ बाहिर आउछ । यसले कुन नियतबाट ल्याइयो भन्ने प्रष्ट हुन्छ ।’

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update