अब रास्वपाको उम्मेदवार बन्न प्राइमरी इलेक्सन जितेर मात्र नपुग्ने
बिहीबार, साउन १, २०८२
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ ।