लागुऔषधका घटना वृद्धि
शुक्रबार, साउन २, २०८२
त्यसै गरी गएको पुस २४ गते घोराही–१३ स्थित सिर्जनशील टोलमा कुलबहादुर बस्नेतको घरमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–२ निवासी ३९ वर्षीय निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ निवासी २१ वर्षीय देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्तीमगरलाई पक्राउ गरेको छ ।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा भान्साकोठामा प्लास्टिकको ड्रमभित्र प्लास्टिकका पोका बनाई लुकाएर राखेको अवस्थामा २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको थियो ।