विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’, विधान संशोधन अनुमोदन
शनिबार, साउन ३, २०८२
काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। शुक्रबार र शनिबार बसेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले संशोधन प्रस्ताव पारित गरेको जानकारी दिएका छन्। बैठकले एमाले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ।