पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध
आइतबार, साउन ४, २०८२
काभ्रेपलाञ्चोक– अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।