लुम्बिनीमा एक बर्षमा ३ हजार ४७९ दुर्घटना, ५०६ जनाको मृत्यू
आइतबार, साउन ४, २०८२
बुटवल– लुम्बिनी प्रदेशमा एक बर्षको अवधीमा ३ हजार ४७९ दुर्घटना हुँदा ५०६ जनाको मृत्यू भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आईतबार पत्रकार सम्मेलन गरी गत वर्षको तुलनामा दुर्घटना र मृत्यू संख्या बृद्धि भएको जनाएको हो । आर्थिक बर्ष २०८०-०८१ मा एक हजार १२० र्दुटनाबाट ४९६ जनाको मृत्यू भएको प्रहरी तथ्यांक छ । भर्खर सकिएको आर्थिक बर्ष २०८१÷०८२ मा दुर्घटना झन्डै तेब्बरले बृद्धि भएको छ । तर, मृत्यू हुनेको संख्या भने १० जनाले बृद्धि भएको छ ।