
बुटवल– लुम्बिनी प्रदेशमा एक बर्षको अवधीमा ३ हजार ४७९ दुर्घटना हुँदा ५०६ जनाको मृत्यू भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आईतबार पत्रकार सम्मेलन गरी गत वर्षको तुलनामा दुर्घटना र मृत्यू संख्या बृद्धि भएको जनाएको हो ।
आर्थिक बर्ष २०८०-०८१ मा एक हजार १२० र्दुटनाबाट ४९६ जनाको मृत्यू भएको प्रहरी तथ्यांक छ । भर्खर सकिएको आर्थिक बर्ष २०८१÷०८२ मा दुर्घटना झन्डै तेब्बरले बृद्धि भएको छ । तर, मृत्यू हुनेको संख्या भने १० जनाले बृद्धि भएको छ ।
२०८१ साउनदेखि २०८२ असारमसान्तसम्म लुम्बिनीका १२ जिल्लामा ४०५ पुरुष र १०१ जना महिला गरी ५०६ जनाको मृत्यू भएको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए । उनका अनुसार दुर्घटनाको संख्या निकै धेरै भएपनि मानवीय क्षती भएको छ ।
दुर्घटनामा परी ५ हजार ६११ जना घाईते भएका छन् । अघिल्लो आर्थिक २०८०-०८१ मा १ हजार ६९३ जना घाईते भएका थिए । ‘दुर्घटना धेरै भएकाले घाईतेहरुको संख्या बढि देखिएको छ’ प्रहरी उपरीक्षक शर्माले भने । १२ जिल्लामध्ये दुर्घटनामा परी सबैभन्दा धेरै रुपन्देहीमा १२१ जनाको मृत्यू भएको छ ।
जिल्ला | २०८०-०८१ को मृत्यु संख्या | २०८१-०८२ को मृत्यु संख्या |
रुपन्देही | १०७ | १२१ |
न.प.पश्चिम | ३० | ४६ |
कपिलवस्तु | ७६ | ७३ |
पाल्पा | ३६ | २६ |
गुल्मी | ९ | १० |
अर्घाखांची | १३ | १५ |
दाङ | ९९ | ७८ |
बांके | ६६ | ७० |
बर्दिया | २६ | ३८ |
प्यूठान | १३ | ९ |
रोल्पा | २० | १७ |
रुकुम पुर्व | १ | ३ |
यसैगरी दाङमा ७८ जना, कपिलबस्तुमा ७३, बाँके ७० जनाको मृत्यू भएको तथ्यांक छ । यसैगरी नवलपरासी (पश्चिम) मा ४६, पाल्पामा २६, गुल्मीमा १०, अर्घाखाँचीमा १५, बर्दियामा ३८, प्यूठानमा ९, रोल्पामा १७ र रुकुम पूर्वमा ३ जनाको मृत्यू भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
उनका अनुसार १२ वटै जिल्लामा एक वर्षको अवधिमा सवारी नियम उल्लघन गरेका १ लाख ७० हजार ८० सवारीलाई कारवाही गरिएको छ । सवारी कारवाहीबाट जरिवाना वापत १७ कराृड ८३ लाख ८३ हजार ४९१ रुपैयाँ राजस्व संकलन भएको प्रहरी उपरीक्षक शर्माले बताए । सवारी नियमको पालना भने अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को तुलनामा कम भएको देखिएको छ । ८०-०८१ मा २ लाख ३३ हजार ९६ सवारीलाई कारवाही गरिएको थियो ।