कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो-जनार्दन शर्मा
मंगलबार, साउन ६, २०८२
मङ्गलबार काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलनु विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्।
विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो।
नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो। त्यो प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको छ, उनले भने।