मिडिया सवलीकरणका वर्तमान चुनाैतीहरु
शुक्रबार, साउन ९, २०८२
प्रविधिको विकाससंगै मिडिया हाउसहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । हिजो न्यून मात्रामा मिडियाहरु थिए । पाठकहरु समाचारमा केछ ? भन्दै बिहानको पत्रिकाको प्रतीक्षामा हुन्थे या रेडियोमा कतिबेला समाचार आउँछ ? भनेर कान ठाडा बनाउँदै सुन्नलाई तल्लीन हुन्थे । तर आज समय बिल्कुलै परिवर्तन भएको छ ।