अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण
शनिबार, साउन १०, २०८२
बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।