लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य
शनिबार, साउन १०, २०८२
नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको भन्दै यसको प्रबर्द्धन गर्न सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताए ।