Lumbini Rise
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य

नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । 

सुनवल नगरपालिका–१०, खरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको भन्दै यसको प्रबर्द्धन गर्न सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताए ।

‘यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिकग्राम यही कालिगण्डकी नदीमा पाइन्छ’ मुख्यमन्त्रीले भने । उनले  यस्तो अद्वितीय धार्मिक तथा पर्यटकीय स्थललाई विश्वसामु चिनाउने विशाल सम्भावना रहेको औल्याए । उनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थल सहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । ‘धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ’ मुख्यमन्त्री आचार्यले भने । 

यस्तै उनले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्न समेत आह्वान गरे । 

खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने र यसलाई एक महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गरिने उनको भनाई छ । 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update