मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन
बिहीबार, साउन १५, २०८२
बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई पार्टीले नै निष्कासन गरेको छ ।


