रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन
बिहीबार, साउन १५, २०८२
बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् ।


