
बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।
नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् । यो पत्रसँगै आन्तरीक रुपमा नेताहरुको समेत दौडधूप शुरु भएको छ भने जिल्ला र प्रदेश कमिटिले पनि छलफल गरेको छ ।
पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्र पठाई भदौ १५ भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन दिइएको छ।
मातहतका कमिटीबाट आएका नाममध्ये एमाले केन्द्रीय सचिवालयले एउटा नाम अनुमोदन गर्ने अधिकारीले बताए। रुश्रपन्देही ३ का लागि नेकपा एमालेभित्र आकाक्षी धेरै छन् । पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी सशि पौडेल, भरत पोख्रेल लगायतका नेताहरुको आकाक्षा रहेको छ ।
सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए। २०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित बोहरा चैत १९ गते बितेपछि सो पद रिक्त भएको छ।