रुपन्देही ३ को उपनिर्वाचनमा प्रा.डा तेजकार्कीको किरण बिकलाई समर्थन
सोमबार, भदौ २, २०८२
आउँदो कार्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण बिकलाई शहरी विकास योजनाकार तथा नीति–निर्माता प्राध्यापक डा. तेज कार्कीले सार्वजनिक रूपमा समर्थन गरेका छन्।उम्मेदवार बिकको मुख्य एजेन्डा रुपन्देहीको भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको उल्लेख गर्दै कार्कीले भने, “किरणले चुनाव जितेपछि यो मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्, त्यसैले म उनको उम्मेदवारीको समर्थन गर्छु।”
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, नाउपाको कागजात पुगेन
सोमबार, भदौ २, २०८२
बुटवल - आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन्।
२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन् ।
रुपन्देही ३ उपनिर्वाचन : आकाक्षीसँग छलफलपछि आज रास्वपाले उम्मेदवारको नामावली प्रकाशन गर्दै
सोमबार, साउन २६, २०८२
बुटवल - आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारसँगको छलफल अघि बढाएको छ । आइतबार (रास्वपा) ले उम्मेदवार बन्न चाहने ९ जना व्यक्तिसँग छलफल गरेको छ ।
रुपन्देही ३ उपनिर्वाचन : २१ साउनदेखि दल दर्ता गरिने
शुक्रबार, साउन १६, २०८२
बुटवल – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।
रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन
बिहीबार, साउन १५, २०८२
बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् ।
नयाँलाई सुधार्न भन्दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्वारी घोषणा
शुक्रबार, साउन ९, २०८२
बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् ।
रास्वपा स्वर्णिम नेपाल बनाउन चाहन्छ : मधु अर्याल (अन्तरवार्ता)
मंगलबार, साउन ६, २०८२
रास्वपाबाट रुपन्देही ३ का उम्मेदवारको आकाङ्क्षी समेत रहेका मधु अर्यालसँग लेखक ऋषि आजादको मङ्गलवार जम्काभेट भएछ । लेखक आजादले कार्तिक १७ मा हुने निर्वाचनमा सम्भावित उम्मेदवार भएको हुनाले मुलुक,पार्टी र प्रणालीका विषयमा छलफल भएको उल्लेख गरेका छन् । जम्काभेटका कुराकानीलाई लेखक आजादले अन्तरवार्ताका रूपमा आफ्नो फेसबुकमा राख्नुभएको छ ।
रुपन्देही ३ मा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार आलमलाई मसालको समर्थन
आइतबार, साउन ४, २०८२
रूपन्देही – रूपन्देही–३ उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट बद्रे आलमको उम्मेदवारीलाई नेकपा मसालले समर्थन गरेको छ। नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार समेत रहेका आलम निष्ठावान उम्मेद्वार भएको भन्दै सर्मथन रहेको जनाएका हुन्।
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ?
शनिबार, असार २१, २०८२
रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरु आन्तरीक छलफलमा जुटिरहेका छन् । यहि बेला एक जना पात्र जसको चर्चा केहीदिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।

-1755528853.jpg)
