नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
बिहीबार, साउन १५, २०८२
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।