नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ ।
हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ २०:०४
प्रतिक्रिया दिनुहोस्