सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
बिहीबार, साउन १५, २०८२
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्। विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।