Lumbini Rise
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्। 

विहिबार प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।

नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्री कमल शाहलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन्।

नाउपाका ७ सांसद मध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन्। उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन्। बाँकी काँग्रेसका १८, एमालेका ११ ले मुख्यमन्त्रीका पक्षमा मतदान गरे भने माओवादीका १०, एकीकृत समाजबादीका ३, राप्रपा १ र स्वतन्त्र १ गरि १५ जनाले बिपक्षमा मतदान गरेका हुन। काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ। मत पणिाम भने घोषणा हुन बाँकी छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update