दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा
बुधबार, साउन २१, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् ।
आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले सफाइ दिएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो ।


