Lumbini Rise
दोस्रो संस्करणको एनपिएल अक्सनका लागि आदिलसहित ८ क्रिकेट ‘ए’ श्रेणीमा

बुटवल -दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा सुचीको ‘ए’ श्रेणीमा अलराउण्डर मोहम्मद आदिल आलम सहितका ८ क्रिकेटरले स्थान बनाएका छन् ।

आलम केही वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगका क्रम फिक्सीङ गरेको आरोपमा प्रतिबन्धमा परेका थिए । प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले सफाइ दिएको थियो ।

केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी ले उनलाई सबै प्रतिबन्ध हटाएको थियो । 

नेपाल प्रिमियर लिग ९एनपिएल०ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । सुचीमासुचीमा रहेका अन्य खेलाडीमा गत संस्करण खेलेका तथा नखेलेका खेलाडी रहेका छन् ।

सुचीमा गत संस्करण लुम्बिनी लायन्सबाट खेलेका अर्जुन साउद र सुर्य तामाङ रहँदा पोखरा एभेन्जर्सबाट खेलेका दिलिप नाथ र सुनम गौतम रहेका छन् । तर, सुनमले भने घाइते भएका कारण एनपिएल गुमाएका थिए ।

त्यस्तै, पहिलो संस्करण कर्णाली याक्सबाट खेलेका देव खनाल, चितवन राइनोजबाट खेलेका शरद भेषवाकर समेत सुचीमा रहेका छन् । चोटका कारण पहिलो संस्करणको एनपिएल गुमाएका पवन सरार्फ पनि श्रेणी ‘ए’ मा रहेका छन् ।

आगामी शनिवार हुने अक्सनमा श्रेणी ए मा ४ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः बि श्रेणीमा झर्ने छन् ।

एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएमा १ सय ५० खेलाडी अन्तिम सुचीमा अटाएका छन् । एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ ९क्यान० को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो ।

१ सय ५० जना खेलाडीले अन्तिम सुचीमा आफूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी ९मार्की समेत विभिन्न टोलीमा संलग्न भएका थिए ।

अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ ९मार्की समेत खेलाडीलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update