संघीयताको सवलिकरणमा लुम्बिनी प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री आचार्य
बुधबार, साउन २१, २०८२
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले संघीयता सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्पष्ट पार्नुभएको हो ।


