एमालेबाट निर्वाचित सिद्धार्थनगरका उपप्रमुख अधिकारीको पती रास्वपाको सम्भावित उम्मेद्वार
सोमबार, साउन २६, २०८२
रास्वपाले आह्वान गरेको उम्मेद्वारको आकाक्षीका रुपमा छन् पार्थिवेन्द्र उपाध्याय । उपाध्यको नाम यसकारण बढि अर्थपूर्ण रुपमा हेरिएको हो की उनी सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख (उपमेयर) उमा अधिकारीका पति हुन् । उमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् । त्यतिमात्रै होईन रुपन्देहीको भैरहवाका पूराना एमाले नेता पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् । पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्याय पनि एमाले नेतृ हुन् ।


