
बुटवल– रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनले माहोला विस्तारै तात्दै गइरहेको छ । कार्तिक १७ गतेका लागि तय गरिएको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारको टुगो लगाउन दलहरु कम्मर कसेर लागेका छन् ।
यसैवचि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ का लागी आवेदन दिएकाहरुको नाम सार्वजनिक गर्यो । नाम मात्रै सार्वजनिक गरेन उसले उम्मेद्वारका आकाक्षीरुहसँग छलफल पनि आईतबार मात्रै गर्यो ।
रास्वपाले आह्वान गरेको उम्मेद्वारको आकाक्षीका रुपमा छन् पार्थिवेन्द्र उपाध्याय । उपाध्यको नाम यसकारण बढि अर्थपूर्ण रुपमा हेरिएको हो की उनी सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख (उपमेयर) उमा अधिकारीका पति हुन् । उमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् । त्यतिमात्रै होईन रुपन्देहीको भैरहवाका पूराना एमाले नेता पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् । पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्याय पनि एमाले नेतृ हुन् ।
एमाले पृष्ठभूमिका हुर्किएका अहिले पनि एमालेकै लिगेसीमा रहेका उपाध्यको उम्मेद्वारीले एमालेबृतमा पनि चर्चा छ । भैरहवामा पछिल्लो समय एमालेबाट उपप्रमुख जितेकी उमा अधिकारी पार्टीप्रती प्रतिबद्ध मात्रै छैनन्, नगरमा समेत एमालेकरण गरेको आरोप लाग्छ । तर, तिनै उपप्रमुखका श्रीमान् एमालेको विपरित विचार बोक्ने दल त्यसमा पनि आफैले आवेदन हालेर उम्मेद्वार हुन खोज्नुले भैरहवामा निकै चर्चा बटुलेको छ ।
पार्थिवेन्द्रले रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बन्न निवेदन दिएका हुन् । उनले एमालेबाट राजनीति गर्ने माहोल नभएकाले आफू वैकल्पिक शक्तितर्फ लागेको प्रतिक्रिया दिने गरेका छनु । त्यसो त उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए ।
सत्तासिन दलबाटै परिवारले लाभ लिएकै थियो, तर पनि किन रास्वपामा निवेदन ? यो बिषयमा चौक चौताराहरुमा छलफल भइरहेको छ । उसो त एमालेप्रती चौतर्फी आक्रमण भइरहेको भन्दै नेताहरुले अभिव्यक्ति दिइरहेको बेला रुपन्देही ३ मै एमाले पृष्ठभूमिकै नेताहरु रास्वपाबाट आकाक्षी भएपछि एमालेभित्र तरंग पैदा भएको छ ।
एमालेका नेताहरुले यसलाई बाहिर अभिव्यक्त नगरेपनि ३ को उपनिर्वाचन निकै चुनौतीपूर्ण ठानेबा छन । रास्पाको ९ जनाको नाममध्ये अधिकांश एमाले पृष्ठभूमिका छन् । रास्वपाबाट उम्मेदवारीका लागि आवेदन दिनेमा पार्थिवेन्द्रसहित ८ जना रुपन्देहीकै बासिन्दा छन् भने एक जना भक्तपुर निवासी छन् ।