Lumbini Rise
बुटवलमा विप्लव, घनश्याम र जनार्दनको उपस्थितीमा बिशेष कार्यक्रम हुँदै 

बुटवल– तीन जना कम्यूनिष्ट पार्टीका नेताहरुको सहभागितामा विहिबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकासका बिषयमा छलफल हुने भएको छ ।

नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा मुख्य वक्ता रहेर अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

सहिद वेपत्ता स्मृती प्रतिष्ठान नेपालको आयोजनामा विहिबार विहान साँढे ११ बजे एसियन होटल कालिकानगरमा कार्यक्रम हुने जनाइएको छ । वर्तमान राजनीतिक संकट र निकासका बारेमा तीन जना नेताहरुले बिशेष सम्बोधन गर्नेछन् ।

कार्यक्रमले वर्तमान राजनीतिलाई दिशाबोध गर्ने भएकाले सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् । पछिल्लो समय तीन जना नेताहरुका विचमा निरन्तर संवाद र अन्तरक्रिया कार्यक्रमहरुमा एउटैमञ्चमा देखिन थालेका छन् ।

वर्तमान राजनीतिक संकट गहिरिदै जादा तीन कम्यूनिष्ट पार्टीका वैचारिक नेताहरुको उपस्थितीमा हुने कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update