
बुटवल - रुपन्देही प्रशासनले विहानभर कर्फ्यू र निषेधाज्ञा हटाएको भन्दै जानकारी गराएपनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइएको सुचना निकालेको छ ।
जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो।
जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार स्थायी प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा ९३० बमोजिम प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले २७ भदौ २०८२ देखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका हुन् ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ। यस अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ।
बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धरना, धार्मिक तथा अन्य कोणसभा गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ। यसअघि विहान भैरहवामा सदभाव र्याली निकालिएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आफै सहभागी भएर भाषण समेत गरेका थिए ।