Lumbini Rise
पत्रकार मनोरञ्जन शर्माको निधन

बुटवल– पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो ।

विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर ढाई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनी कारोबार दैनिकमा लामो समयदेखि कार्यरत थिए भने भैरहवाबाट आफ्नै सम्पादकत्वमा न्यूज ओके पत्रिका र अनलाईन सञ्चालन गर्दै आएका थिए । यसका साथै अन्य थुप्रै सञ्चारमाध्यममा कार्यरत रहेँ ।

पाल्पाबाट पत्रकारिता गरेका ५२ बर्षिय शर्माको निधनले रुपन्देहीको पत्रकारितामा ठूलो क्षती पुगेको छ । शर्माको श्रीमती, एक छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहेका शर्मा, खेलकुद पत्रकारिता मञ्च लगायतका संस्थामा आबद्ध थिए । 
शर्माको निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update