Lumbini Rise
कपिलवस्तुमा बस दुर्घटना, ३६ यात्रु घाईते 

 

बुटवल - धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा शनिबार विहान  दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे  छ ।  घाईते २० जनाको चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update