सहसचिव प्रदीप परियारले बिशेष अदालतबाट पाए सफाई
काठमाडौं - सहसचिव प्रदीप परियारले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा लागेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले मंगलबार उनलाई सफाइ दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले परियारसहित यो मुद्दामा जोडिएका सातै जनालाई सफाइ दिने फैसला गरेको हो ।
उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।



प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ २०:४३
प्रतिक्रिया दिनुहोस्

