Lumbini Rise
पाल्पा रैनादेवीको सुनाहा जंगलमा भेटियो भरुवा बन्दुक 
नमूना भरुवा बन्दुक

पाल्पा – पाल्पामा बरुवा बन्दुक फेला परेको छ ।  जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ सुनाहा जंगलमा अवैध हतियार भरुवा बन्दुक लिई सिकार खेल्न आएको भन्ने गोप्य सूचनाको आधारमा जादा शनिबार साँझ साँढे ५ बजे भरुवा बन्दुक २ थान फेला परेको हो ।  

जिल्ला  प्रहरी चौकी बल्डेङ्गढीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टमेलीले खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा भरुवा बन्दुक थान २ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update