रुपन्देही ३ : रास्वपाका डा.लेखजंग थापाकाे जित निश्चित
बुटवल- रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका उम्मेदवार डा.लेखजंग थापा निकटतम प्रतिद्वन्द्वी भन्दा सात गुणा बढी मतका साथ अग्रस्थानमा छन् ।
पछिल्लो अपडेटअनुसार रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले १८३०९ पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशील गुरुङले २५०५ मत पाएका छन्।
त्यस्तै नेकपा (एमाले)का वासुदेव घिमिरेले २४०८ मत, राप्रपाका गौरव बोहराले १९७७ मत तथा नेकपाका फैh अहमद खान ले ४१९ मत पाएका छन् ।
समग्रमा डा.थापाले अहिले सम्म प्राप्त गरेकाे मतरूपन्सदेही ३का सबै उम्मेदवारले पाएको भन्दा दोब्बर भन्दा बढी हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ २२:३७
प्रतिक्रिया दिनुहोस्


