
सुर्खेत – रुकुम पश्चिमको चौरजहारीमा नवलराज विश्वकर्मा सहित ६ युवाहरुको हत्या गरिएको बहुचर्चित सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ।
नवराज सहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो। ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो। सो मुद्दामा सफाइ पाएसँगै उनी पुर्पक्ष मुक्त भएका छन्।
अन्य २३ जना प्रतिवादीहरू भने जातीय विभेदसँगै ज्यान मार्ने र कर्तव्य ज्यान मुद्दामा पनि दोषी ठहर भएका थिए। उच्च अदालतले उनीहरूलाई जातीय विभेद मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ गते सुनाएको जन्मकैदको फैसला सदर गरेको हो।
२०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न चौरजहारी पुगेका थिए। तर, गाउँलेहरूले उनीसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो।
अधिकारकर्मी आन्दोलीत
यसैविच दलित अधिकारकर्मीहरु आन्दोलीत भएका छन । दलितका लागि दलित अभियान्ता खगेन्द्र सुनारले दलितकाे मुद्धालाइ न्याय नमिलेकाे भन्दै आन्दाेलनमा उत्रेका छन । उनी सहित दलित अधिकारकर्मीहरूले उच्च अदालतको फैसलालाई जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै आलोचना गरेका छन्। उनीहरूले यो निर्णयले दलित समुदायमाथिको संरचनात्मक अन्यायलाई झन् बलियो बनाउने तर्क गरेका छन्।