
बुटवल – बुटवलका एक परिवारले जन्मदिनको उपहार विमापोलिसि दिएका छन् । बुटवल ३ का कृष्ण क्षेत्री र हरीकला क्षेत्रीले नातीको जन्मदिनको जन्मदिनमा उपहार स्वरुप बिमा पोलिसी खरिद गरि प्रदान गरेका हुन ।
नाती प्रारम्भ जंग क्षेत्रीको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १० लाखको जिवन बिमा खरिद गरेको क्षेत्री दम्पतीले बताए ।
बिशेष समारोहहरुमा अनावश्यक खर्च गर्नुभन्दा जिवन बिमाले आफ्नो अर्थिक समृद्धि र भविष्यमा उच्च शिक्षामा समेत सहयोग गर्ने भएकाले विमा पोलिसि प्रदान गरिएको हजुरआमा हरीकला क्षेत्रीले बताईन ।
सिटिजन लाइफ इन्स्योरेन्स फर्साटिकर शाखाबाट उनीहरुले जिवन बिमा पोलिसी खरिद गरेका हुन् । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गर गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ ।