Lumbini Rise
इरानले इजरायलतर्फ हान्यो मिसाइल

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणा गरेपनि युद्ध रोकिएको छैन । इरानले इजरायली भूमितर्फ  मिसाइल प्रहार गरेको छ ।

इरानी अधिकारीहरुले ट्रम्पको घोषणालाई खण्डन गर्दै इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।

इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update