इरानले इजरायलतर्फ हान्यो मिसाइल
मंगलबार, असार १०, २०८२
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणा गरेपनि युद्ध रोकिएको छैन । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । इरानी अधिकारीहरुले ट्रम्पको घोषणालाई खण्डन गर्दै इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।